पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, आइतबार रातिबाट लागु हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, आइतबार रातिबाट लागु हुने



काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले जनाएको छ ।

‘प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको छ’ निगमले आइतबार जारी गरेको सूचनामा भनिएको छ ।

शनिबार राति १२ बाट लागु हुने गरी आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

प्रकाशित : १४ आश्विन २०८०, आईतवार १५:४०