नेपाल सुपर लिगमा मार्की खेलाडिको रूपमा विशाल श्रेष्ठ एफ सी चितवन क्लबमा आवद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल सुपर लिगमा मार्की खेलाडिको रूपमा विशाल श्रेष्ठ एफ सी चितवन क्लबमा आवद्ध



काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् । गेम वान प्रा. ली. अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठ बिच यो आबद्धतामा सहमति भएको हो ।

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मङ्सिर ८ देखि पुस १४ गते सम्म दशरथ रङ्गशाला काठमाण्डौंमा आयोजना हुँदैछ ।

एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार २०:४०