सेयर धितो कर्जामा सिमा हटाउः सुरेन्द्र पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर धितो कर्जामा सिमा हटाउः सुरेन्द्र पाण्डे



काठमाडौं । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर धितो कर्जामा सिमा हटाउनु पर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग निजीक्षेत्र विषयक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पाण्डेले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सिमा हटाउने माग गर्दै आएको बताए । उनले भने–’सेयर धितो कर्जामा लगाएको ४÷१२ को सिमा हटाउनु पर्छ । सिमा तोक्नु हुँदैन ।’

कुल कर्जाको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउनु पर्ने उनको भनाइ थियो । हाल २ प्रतिशत मात्र सेयर बजारमा लगानी गर्ने व्यवस्था छ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार १९:१०