नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै



काठमाडौँ । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको जानकारी दिएका छन् ।

मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताएका हुन् ।

उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणको लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको बताए । उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए ।

उनले व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आईपीओ दिने तयारी रहेको बताए । विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताए । उनले ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको उनको भनाई थियो ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार १४:०४