एभरेष्ट बैंकले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

एभरेष्ट बैंकले बोलायो साधारणसभा



काठमाडौं । एभरेष्ट बैंकले २९ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज ३० गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको सभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार १०:५७