अष्ट्रेलियाको नयाँ नियमलाई लक्षित गर्दै ईडिएफ एडमिसन्सले दुई दिने शैक्षिक मेला गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अष्ट्रेलियाको नयाँ नियमलाई लक्षित गर्दै ईडिएफ एडमिसन्सले दुई दिने शैक्षिक मेला गर्दै



काठमाडौं । अमेरिकन ईन्टरनेशनल रिक्रुटमेन्ट काउन्सिल (एआईआरसी)बाट मान्यता प्राप्त एजुकेसन कन्सल्टेन्सी ईडिएफ एडमिसन्स विगत १५ वर्षदेखि उच्च शिक्षा लक्षित शैक्षिक परामर्श तथा तयारी कक्षाकार्यक्रममा सहजिकरण गर्दै आएको छ ।

पछिल्लो समयमा नेपाली विद्यार्थीहरुको पहिलो अध्ययन क्षेत्रको रोजाईको रुपमा रहेको अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको निम्ती नयाँ नियम लागू गर्ने भने सँगै धेरै विद्यार्थीहरुमासो सम्बन्धी जिज्ञासाहरु पैदा भएका छन् । सोही विषयलाई मध्ये नजर गरेर ईडिएफ एडमिसन्सले आफ्नो दुई दिने शैक्षिक मेला घोषणा गरेको जनाएको छ ।

खासगरी कक्षा १२ उत्तिर्ण गरेर बसेकावा स्नातकतहको अध्ययनपछि अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्न चाहेका विद्यार्थीहरुलाई आवश्यक परामर्श वा जानकारीका लागि सो मेला आयोजना गरिएको ईडिएफले जनाएको छ । सो मेलामा अष्ट्रेलियामा सञ्चालनमा रहेका विश्वविख्यात विश्वविद्यालयहरुबाट प्रतिनिधिहरु आउने छन् ।

मेलामा पछिल्लो समयमा विद्यार्थीको रोजाई रहेका आईटी, हस्पिटालिटी, मेडिकल बिजनेस, आदिको अध्ययन सन्दर्भमा आवश्यक जानकारी आदानप्रदान हुने बताइएको छ । ईडिएफका अनुसार मेलायही सेप्टेम्बर २५ र २६ अर्थात आगामी सोमबार र मंगलबार आफ्नै प्रधानकार्यालय काठमाडौं न्यू प्लाजामा हुनेछ ।

विद्यार्थीको सुविधाका लागि मेला बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । विद्यार्थीहरुले मेलाको माध्यमबाट अष्ट्रेलियका प्रतिष्ठित विश्वविद्यालयहरु भिक्टोरिया विश्वविद्यालय, स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी, तस्मानिया विश्वविद्यालय, फेडरेशन विश्वविद्यालय, वेस्टर्न सिड्नी विश्वविद्यालय, क्यानबेरा विश्वविद्यालय र एपिआइसीको बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने ईडिएफले जनाएको छ । साथै ती विश्वविद्यालयमा अध्ययन गर्नको लागि आवश्यक मापदण्ड, सुविधा र खर्चको बारेमा समेत मेलाबाट जानकारी प्राप्तगर्न सकिने आयोजकले जनाएको छ ।

ईडिएफ एडमिसन्सका कार्यकारी निर्देशक कृष्ण अर्यालका अनुसार विद्यार्थीहरुका लागि शैक्षिक प्रोफाइल अनुसार उत्तम पाठ्यक्रम प्राप्त गर्न र विद्यार्थीहरुलाई आवश्यक परामर्श तथा सुझाव दिन आफ्नो तर्फबाट उच्चतम् प्रयास हुने बताएका छन् ।

ईडिएफले प्रारम्भिक दिनहरुमा एक मात्र शैक्षिक गन्तव्य अष्ट्रेलियाको लागि विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको थियो भने पछिल्ला दिनमा अष्ट्रेलियाबाहेक अमेरिका, अष्ट्रेलिया, क्यानडा र युके जस्ता देशका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पनि शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । साथै, आईएइएलटिएस, पिटिई, जिम्याट लगायतका भाषा कक्षा पनि सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार ११:१८