माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा, होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे सुरु हुनेछ । उक्त सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, आज आइतबार असोज ७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार ०७:३३