नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त



काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा‍. नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताकाे सपथ ग्रहण गरेका छन्।

न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि नेप्समा माछापुच्छ्रे बैंकका तर्फबाट सञ्चालकका रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल न्यौपाने बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। यसका साथै उनीसँग बैंकिङ क्षेत्रको २५ वर्षभन्दा लामो अनुभव रहेको छ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार १७:०५