टर्किस पर्फ्युम ब्रान्ड निसनेको एक्स कलेक्सन नेपालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

टर्किस पर्फ्युम ब्रान्ड निसनेको एक्स कलेक्सन नेपालमा



काठमाडौं । नेपालमा टर्किस पर्फ्युम ब्रान्ड निसनेका उत्पादनको विक्री सुरु भएको छ । नेपाली बजारमा ब्रान्डेड पर्फ्युम विक्री गर्दै आइरहेको इना सेन्टरले निसने ब्रान्डका पर्फ्युम भित्र्याएको हो ।

इना सेन्टरले नेपालमा ३० वर्षदेखि अन्तर्राष्ट्रिय ख्याति प्राप्त ब्रान्डका पर्फ्युम आयात तथा बिक्री वितरण गर्दै आएको छ । न्यूरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेको शोरुमबाट निसने ब्रान्डका पर्फ्युम बिक्री हुने इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले जानकारी दिए ।

इनाले हाल क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत ब्रान्डका पफ्र्युम बिक्री गर्दै आइरहेको छ । निसने छोटो समयमा स्थापित टर्कीश ब्राण्ड हो । यो ब्रान्डका पर्फ्युमहरु विश्वका सर्वाधिक बिक्री हुने पाँच उत्कृष्ठ पर्फ्युममध्येको सूचीमा पर्ने कम्पनीको भनाइ छ ।

निसनेका उत्पादनहरुमध्ये उत्कृष्ट पाँच ब्राण्डहरु ह्यासिभ्याट, हन्ड्रेड साइलेन्ट वेज, एनी एक्स, फ्यान योर फ्लेम्स, वुलोङ चा इना सेन्टरको एक्स कलेक्सनमा उपलब्ध छन् ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार ०८:१०