काठमाडौं र ललितपुरका यी क्षेत्रमा शुक्रबारदेखि सोमबारसम्म विद्युत् सेवा अवरुद्ध हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडौं र ललितपुरका यी क्षेत्रमा शुक्रबारदेखि सोमबारसम्म विद्युत् सेवा अवरुद्ध हुने



काठमाडौं । भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध हुनेछ ।

महाशाखाका अनुसार शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म ६६ केभी स्युचाटार टेकु प्रसारण लाइन सटडाउन हुनेछ ।

प्रकाशित : २८ भाद्र २०८०, बिहीबार १४:१२