सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओः प्रि-अलटमेन्ट सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओः प्रि-अलटमेन्ट सकियो



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निश्कासन गरेको आइपीओको प्रि-अलटमेन्ट सम्पन्न भएको छ ।

धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको अनुसार सोमबार प्रि अलटमेन्ट सम्पन्न भएको हो । आईपीओको प्रि अलटमेन्ट सम्पन्नसँगै बाँडफाँडको मिति र समय पनि तय भैरसकेको छ । क्यापिटलको अनुसार भदौ २८ गते दिउँसो २ बजे क्यापिटलको आफ्नै भवन लाजिम्पाट काठमाडौंमा हुने भएको हो ।

कम्पनीले जारी अंकित मूल्य १ अर्ब १२ करोड ५० लाख बराबरको सर्वसाधारण समूहको सेयर प्राथमिक सार्वजनिक निश्कासन गरेको मध्ये ५ प्रतिशत (५,६२,५०० कित्ता) कर्मचारीहरुलाई र ५ प्रतिशत (५,६२,५०० कित्ता) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड १ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीले जारी गरेको सेयरमा १५ लाख ४१ हजार ९१४ जना आवेकबाट आवेदन परेको छ । कम्पनीले भदौ १५ गतेबाट भदौै १९ गतेसम्म आईपी जारी गरेको थियो ।

प्रकाशित : 12 September, 2023 4:19 pm