मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोशी अस्पतालले ‘नयाँ अस्पताल एप’ मार्फत सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोशी अस्पतालले ‘नयाँ अस्पताल एप’ मार्फत सेवा सुरु



काठमाडौँ । नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्ने छन् ।

यसै गरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्ने छन् ।

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।

दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।

प्रकाशित : २४ भाद्र २०८०, आईतवार २०:४६