काठमाडाैं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्री दर १३३.४४ रुपैयाँ पुगेको छ। यस्तै, खरिददर पनि १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ । यसअघि भदौ १ गते एक अमेरिकी डलरको मूल्य १३३.३४ रुपैयाँ पुगेको थियो।
। लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको विनिमय दर गत बुधबारबाट पछिल्लो तीन दिन लगातार बढेको छ ।
नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।





Comment