सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन



काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणलाई ९० लाख कित्ता शेयर शेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

इन्स्योरेन्स कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परिसकेको छ। यस हिसाबमा गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिने छ । जसबाट ९ लाख जना आवेदकले १० कित्ताको दरले कम्पनीको शेयर पाउने देखिन्छ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् । कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

प्रकाशित : 5 September, 2023 10:42 am