भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँटको मिति तय, १३ लाखको हात रित्तो हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँटको मिति तय, १३ लाखको हात रित्तो हुने



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार अर्थात भदौ १८ गते बाँडफाँटको गर्ने जनाएको हो । बुधबार प्रिअलटमेन्ट सम्पन्न भएको र सोमबार बाँडफाँट गरिने छ । बाँडफाँटको समय भने तय भइसकेको छैन ।

आइपीओमा १३ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख ८८ हजार ११५ जनाले १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २१.४८ गुणा बढी आवेदन हो ।

जसमा ७१ हजार २२२ जनाले मात्र १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १३ लाख १६ हजार भन्दा बढीको हात रित्तो हुने भएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको थियो । जसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन खुला गरेको थियो । कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ ।

प्रकाशित : 1 September, 2023 12:17 pm