काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले हालैमात्र आफ्नो डिलर सेल्स एक्जिक्युटिभ मिट सम्पन्न गरेको छ । यस्तो कार्यक्रममा लुब्रिकेन्ट उद्योगमा सम्भवतः पहिलो भएको कम्पनीले बताएको छ । कार्यक्रम पोखरामा आयोजना भएको थियो ।
कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जिक्युटिभहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले बताएको छ । नेपाल ल्युब आयल लिमिटेडले सेल्स टिमको स्तरोन्नतीका लागि यस्तो कार्यक्रम आयोजना गरेको बताएको छ । मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण गरिएको थियो ।
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईले भने, ‘हाम्रो सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो हो । एक प्रशिक्षित सेल्स एक्जेक्युतिभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ ।
Comment