‘फोन पे’ ले घोषणा गर्‍यो नयाँ अभियान, ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

‘फोन पे’ ले घोषणा गर्‍यो नयाँ अभियान, ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ”



काठमाडौँ । फोन पे ले ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियान घोषणा गरेको छ । यस अभियानको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको बताइएको छ ।

‘मोबाईल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदानप्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित हुने कम्पनीको भनाइ छ ।

फोन पे डिरेक्टमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिनेबारे जानकारी दिन अभियान सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ । भदौ महिना भरी लागु हुने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले ‘फोन पे’ को फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने हुन्छ ।

यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आइफोन १४ प्रो बाट पुरस्कृत गरिनेछ भने अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहार प्रदान गरिने फोन पेले बताएको छ ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार १२:४०