राताम्मे बन्याे सेयर बजार, २०.५४ अंकले घट्याे परिसूचक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राताम्मे बन्याे सेयर बजार, २०.५४ अंकले घट्याे परिसूचक



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकको घटेको छ । आज बजार २०.५४ अंकले घटेर परिसूचक १९९३.३८ बिन्दुमा पुगेर बन्द भएको हो ।

आज २८० कम्पनीको ३८ लाख ९५ हजार २३६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २६ करोड २७ लाख ६७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको उपसूचक १०.३७, विकास बैंक २४.०२, वित्त १७.६५, होटल तथा पर्यटन ७६.५१, जलविद्युत ३३६.७७, जीवन बिमा १०४.६२ माइक्रोफाइनान्स ४०.५३, उत्पादन तथा प्रशोधन ३७.८४, निर्जीबन बिमा १२८.६७ अंकले घटेको छ ।

कारोबारमा कुथेली बुखरी स्मल हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

कारोबार रकमका आधारमा एशियन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको सात करोड ४६ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार १५:२१