नागरिक लगानी कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक लगानी कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन



काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुङ्गाना, महासचिवमा सूर्य प्रसाद दाहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्षमा बिमलेश यादव चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा प्रदिप अधिकारी, सल्यान केसी, निशा खतिवडा, रविन बिक, प्रकाश गौतम रहेका छन् । महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेका छन् ।

उक्त अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद बद्रि पाण्डेले सम्बोधन गरेका थिए । त्यसैगरी, विशेष अतिथिको रूपमा नेपाल ट्रेड युनियन काँग्रेस अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियनको भूमिकाबारे धारणा राखेका थिए ।

प्रकाशित : १० भाद्र २०८०, आईतवार १४:०७