मातृभुमि साकोसमा ३०.३२ प्रतिशत तरलता, २० करोड ४२ लाख ऋण लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मातृभुमि साकोसमा ३०.३२ प्रतिशत तरलता, २० करोड ४२ लाख ऋण लगानी



काठमाडौं । मातृभुमि बचत तथा ऋण सहकारी संस्थामा तरलता ३०.३२ प्रतिशत रहेको छ। संस्थाको चालु आर्थिक बर्षको साउन मसान्तसम्मको विवरणले यस्तो देखाएको हो ।

त्यस्तै, साउन मसान्तसम्म संस्थाको सेयर पुँजी ५ करोड २३ लाख २६ हजार रहेको छ भने कुल बचत १५ करोड २९ लाख ६ हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा ९३ लाख २१ हजार रुपैंया रहेको छ ।

संस्थाको अन्य कोषहरुको रकम पनि ५३ लाख ७६ हजार रकम रहेको छ । कुल संस्थागत पुँजी भने १ करोड १ लाख ८४ हजार रहेको छ । संस्थाले २० करोड ४२ लाख ३९ हजार ऋण लगानी गरेको छ ।

यस अवधिमा संस्थाले ६ लाख ६ हजार रुपैंया वित्तिय लगानीमा लगाएको छ । ४ करोड ६३ लाख ६० हजार रुपैंया तरलता रकम रहेको छ भने कुल सम्पती २६ करोड ५९ लाख ७४ हजार भन्दा बढी रहेको छ । संस्थामा ७७६ जना सदस्य आवद्ध छन् भने १८० जना कुल ऋणी सदस्य रहेका छन् ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १७:४६