त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु



काठमाडौँ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १३:३०