साल्ट ट्रेडिङको ५८.०५ प्रतिशतले बढ्यो नाफा, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

साल्ट ट्रेडिङको ५८.०५ प्रतिशतले बढ्यो नाफा, अन्य सूचक कस्ताे ?



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.०५ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले सामान बिक्रीबाट ८ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष आम्दानी ७ अर्ब १७ करोड रुपैयाँ थियो। आम्दानी पनि २२.४८ प्रतिशतले बढेको छ।

चुक्तापुँजी २७ करोड ८८ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ४.७६ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३० करोड रुपैयाँ थियो।

कम्पनीको प्रतिसेयर आम्दानी २८.२६ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १९.६७ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ४१९.६ रुपैयाँ रहेको छ।

प्रकाशित : ३ भाद्र २०८०, आईतवार १६:४१