सरकारकाे लक्ष्य भन्दा बाहिर मुल्य बृद्धि, कुन क्षेत्रमा कति बढ्याे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

सरकारकाे लक्ष्य भन्दा बाहिर मुल्य बृद्धि, कुन क्षेत्रमा कति बढ्याे ?



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले मूल्यबृद्धिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएपनि त्यो लक्ष्य पूरा गर्न नसकेको देखिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको १२ महिनाको तथ्यांकले नेपालको वार्षिक औसत उपभोक्ता मूल्यबृद्धि ७.७४ प्रतिशत रहेको देखाएकाे हाे।

अघिल्लो आर्थिक वर्ष यस्तो मूल्यबृद्धि ६.३२ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार गत वर्ष खाद्य तथा पेय पदार्थको मूल्य ६.६२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष खाद्य तथा पेय पदार्थको मुल्य ५.६९ प्रतिशतले बढेको थियो ।

गत वर्ष गैर खाद्य पदार्थको मुल्य ८.६२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष गैर खाद्य पदार्थको मूल्य ६.८३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार काठमाडौँ उपत्यकामा महँगी ७.५५ प्रतिशतले वढ्दा तराईंमा ८ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशतले महँगी बढेको छ । गत वर्ष सबैभन्दा धेरै होटल तथा रेष्टुरेन्टको मुल्य १४.४२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

दोस्रो धेरै यातायात क्षेत्रको मूल्य १३.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । तेस्रो धेरै मसलाको मूल्य १२.५ प्रतिशतले भएको छ । गत वर्ष तरकारीको मूल्य ०.९२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । सबै भन्दा कम मूल्य सञ्चार क्षेत्रको मूल्य वृद्धी १.३२ प्रतिशतले भएको छ । चालू आर्थिक वर्षमा सरकारले मूल्य वृद्धी ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ ।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार १४:०३