स्वरोजगार लघुवित्तकोे अधिकांश सूचकमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वरोजगार लघुवित्तकोे अधिकांश सूचकमा गिरावट



काठमाडौं । स्वरोजगार लघुवित्तकोे खुद नाफा ५३.९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले नाफा ९ करोड ३२ लाख ९३ हजार रुपैयाँ कमाएको छ । कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा २० करोड २६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी १४.३८ प्रतिशतले घटेर ३६ करोड ६२ लाख ६६ हजार रुपैंयामा सिमित बनेको छ । । यस्तै, खराब कर्जामा वृद्धि हुँदा ४ करोड १० लाख इम्पेयरमेन्ट चार्ज छुट्याएको छ । कम्पनीको सञ्चालन नाफामा ६६.५६ प्रतिशत कमी ल्याई ८ करोड १३ लाख ३२ हजार रुपैंयामा झरेको छ ।

६२ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको हाल स्वारोजगार लघुवित्त समता घरेलु लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ । रिजर्भ कोषमा १५ करोड ३९ लाख रुपैयाँ जम्मा भएको छ । यस अवधिमा प्रतिसेयर आम्दानी भने वार्षिक २४.५४ रुपैयाँले घटेर १४.८७ रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १३:२३