राधी विद्युत कम्पनीकाे यस्ताे छ वित्तिय विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राधी विद्युत कम्पनीकाे यस्ताे छ वित्तिय विवरण



काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ११ करोड २७ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यसै अवधिको भन्दा १२१.३२ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष यस कम्पनीले ५ करोड ९ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी घटे पनि राधीले नाफा बढाउन भने सफल भएको छ । यस अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी १२ करोड ८४ लाख रुपैयाँमा सिमित रहेको कम्पनीले अघिल्लो वर्ष यस्तो आम्दानी १३ करोड ४९ लाख ६४ हजार रहेको थियो । यसको वित्तीय आम्दानी भने ३४ लाख रुपैयाँबाट बढेर ७ करोड ७१ लाख पुगेको छ ।

यता, वित्तीय खर्च पनि गत वर्षको भन्दा घटेको छ । २ करोड १२ लाख रहेको उक्त खर्च अहिले घटेर १ करोड ४२ लाख भएको हो । हाल राधीको चुक्ता पुँजी १ अर्ब ६७ करोड ५९ लाख ७९ हजार रहेको छ । यसको जगेडा कोषमा ३४ करोड ४३ लाख रुपैयाँ जम्मा रहेको छ ।

अघिल्लो वर्षको असारसम्म उक्त कोषमा १३ करोड ३६ लाख रुपैयाँ थियो । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १२० रुपैयाँ ५४ पैसा कायम भएको छ ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १३:०१