एनआईसी एशिया क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ४६ प्रतिशत नगद लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ४६ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ४६ प्रतिशत नगद लाभांश पारित गरेको छ । क्यापिटलको सातौं वार्षिक साधारण सभाले ४६ प्रतिशतले हुन आउने ९ करोड २० लाख नगद लाभांश पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८० आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

सभामा क्यापिटलका अध्यक्ष सन्तोष कुमार राठीले क्यापिटलले आ.व. २०७९/०८० मा १० करोड ४२ लाख रुपैयाँ भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति सेयर आम्दानी ५२.११ रुपैयाँ कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफा तथा प्रति सेयर आम्दानीको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको बताए ।

उनले क्यापिटल स्थापना भएको ६ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका २५ वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख ६७ हजार डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा तेश्रो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ६६५ जना ग्राहकहरुबाट १ अर्व ८१ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको बताए । साथै क्यापिटलले संचालनमा आएको ६ वर्ष ४ महिनाको अवधिमै आफ्नो सेयरधनीलाई १८७ प्रतिशत रिर्टन वितरण गर्न सफल भएको बताए ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १२:१४