भदौका लागि वाणिज्य बैंकहरुकाे नयाँ ब्याजदर सार्वजनिक, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भदौका लागि वाणिज्य बैंकहरुकाे नयाँ ब्याजदर सार्वजनिक, कुनकाे कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन्। साथै कुनै बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।

वाणिज्य बैंकहरुले लामो समयदेखिको भद्र सहमति अन्त्य गरेपछि साउनदेखि आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत नै देखिएको छ।

कुन वाणिज्य बैंकको ब्याजदर कति ?

भदौका लागि ७ वाणिज्य बैंकले मुद्दति निक्षेपमा १०.८९६ प्रतिशत र ५ वटा बाणिज्य बैंकको भने ब्याजदर १० प्रतिशत भन्दा माथी छ । साथै, बाकी ८ बैंकको व्याजदर १० प्रतिशत भन्दा तल छ । एक महिनामा ४ बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । १२ बैंकको ब्याजदर भने बढेको छ ।

मुद्दति निक्षेपमा १०.८९६ प्रतिशत ब्याजदर दिनेमा ग्लोबल आइएमई, एनआइसी एसिया, नेपाल बैक, कुमारी बैंक, सानिमा बैंक, सिटिजन बैंक र कृषि विकास बैंक रहेका छन् । त्यस्तै, १० प्रतिशत भन्दा माथी हुनेमा प्राइम बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक र प्रभु बैंक रहेका छन् । सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ। यस बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत तर्फ भने यस बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार ११:४६