कालिन्चोक दर्शनकाे अधिकांश सूचकमा उल्लेख्य सुधार, ११४.९९ प्रतिशतले बढ्याे नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालिन्चोक दर्शनकाे अधिकांश सूचकमा उल्लेख्य सुधार, ११४.९९ प्रतिशतले बढ्याे नाफा



काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ११४.९९ प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफा बढ्न पुगेको छ । असार मसान्तसम्म आईपुग्दा कम्पनीको आम्दानी पनि ५ करोड ६७ लाख रुपैयाँबाट बढेर ७ करोड ५९ लाख रुपैयाँ भएको छ ।

यस्तै, कम्पनीको कुल आम्दानी पनि ५ करोड ५ लाख रुपैयाँबाट बढेर ६ करोड ८२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि १ करोड ३८ लाख रुपैयाँबाट बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको आम्दानी, कुल आम्दानी र अन्य श्रोतबाट हुने अम्दानी बढ्दा मुनाफा पनि बढेको हो । हाल कालिन्चोकको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहको छ भने रिजर्भ कोष १ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०९ पैसाबाट बढेर ५ रुपैयाँ ९६ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा छ ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार १०:२७