युनिर्भसल पावरको नाफामा उछाल, बिद्युत बिक्रि आम्दानी पनि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनिर्भसल पावरको नाफामा उछाल, बिद्युत बिक्रि आम्दानी पनि बढ्यो



काठमाडौं । युनिभर्सल पावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ६ करोड ८१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३३९.०३ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष यसले १ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १८ करोड ९९ लाख रुपैयाँबाट बढेर ३४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर १२ करोड ४८ लाख ६१ हजार रूपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो बर्षको यसै अवधिको तुलनामा ८१४.७४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १ करोड ३६ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कुल आम्दानी बढ्दा मुनाफा पनि बढेको हो । हाल युनिभर्सलको चुक्ता पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहको छ । जगेडा कोषमा २६ करोड ६ लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४१ पैसा छ ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार १०:१०