कर्पोरेट डेभलपमेन्ट बैंकको सिईओ जोशीको राजीनामा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्पोरेट डेभलपमेन्ट बैंकको सिईओ जोशीको राजीनामा स्वीकृत



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) त्रिलोक ध्वज जोशीको राजीनामा स्वीकृत भएको छ ।

बैंकको सञ्चालक समितिको साउन २५ गते सम्पन्न बैठकले सीईओ जोशीले दिएको राजीनामा स्वीकृत गरेको हो । साथै सोही बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विपिन राज पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय समेत दिएको छ ।

प्रकाशित : २८ श्रावण २०८०, आईतवार १६:३२