मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ निष्काशन



काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गते आइतबारदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता सेयर निष्काशन गरेको हो ।

स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ६ लाख १६ हजार ६ सय २० कित्ता समेत थपेर सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता सेयर निष्काशन गरिएको हो ।

उक्त आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । सेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : २८ श्रावण २०८०, आईतवार ११:५९