सरकारको प्रतिवद्धतासँगै निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारको प्रतिवद्धतासँगै निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित



काठमाडाैं । निजी विद्यालयहरुले प्रश्तावित शिक्षा विधेयकबिरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् । मन्त्री परिषद्बाट पारित शिक्षा विधेयक–२०८० बिरुद्ध विद्यालय बन्द सम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरुले माग सम्बोधन गर्ने प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताए ।

उनले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रश्तावित शिक्षा ऐन अघि बढाउने प्रतिवद्धता जनाएको बताउनु भयो । उनले सरकारको आश्वासनअनुसार सर्वस्वीकार्य शिक्षा ऐन आउने आशा पलाएको बताए । अध्यक्ष ढुङ्गानाले भने , ‘आज मात्रै हामीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काज्युको नेतृत्वमा रक्षा मन्त्रालयमा वार्ता ग¥यौं । वार्तामा शिक्षामन्त्री, शिक्षा सचिव, कानून सचिव, रक्षा सचिव लगायत मन्त्रालयका प्रवक्ता समेतको उपस्थिति थियो ।

सो क्रममा प्रश्तावित शिक्षा विधेयक र त्यसले निजी क्षेत्रमा पार्ने प्रभावका बारेमा घनिभुत छलफल भयो । सरकार वार्ताका क्रममा सकारात्मक देखियो । सरोकारवालाका विषयलाई पनि समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका कारण सबै आन्दोनका कार्यक्रम स्थगित गरेका छौं । सर्वस्वीकार्य शिक्षा ऐन आउनेछ ।’ हाल कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरुले आन्दोलन गरेका थिए ।

प्रकाशित : 11 August, 2023 4:20 pm