ग्लोबल आइएमई बैंकमा अब अडियो पुष्टिबाटै क्यूआर कोड भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ग्लोबल आइएमई बैंकमा अब अडियो पुष्टिबाटै क्यूआर कोड भुक्तानी



काठमाडौं । ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्युआर कोडमार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सुरु गरेको छ । बैंकले क्युआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलइडी डिस्प्लेसहितको सेवा ल्याएको हो ।

यो योजनासँगै बैंकका ग्राहकले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलइडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिने जनाइएको छ । यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने बैंकले विश्वास व्यक्त गरेको छ ।

यसबाट मर्चेन्ट–व्यापारी तथा ग्राहकलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने बैंकको भनाइ छ । साथै, यसबाट व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरतासमेत घटाउने जनाइएको छ ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार १४:१२