नेपाल राष्ट्र बैंकले ५ वटा गाडी लिलाम गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल राष्ट्र बैंकले ५ वटा गाडी लिलाम गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका ५ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना निकाल्दै ५ पुराना सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने जनाएको हो ।

बैंकले सन् २००८ मा बनेको स्वराज माज्दा बस न्यूनतम ४ लाख १५ हजार, सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ११ लाख ६७ हजार, सन् २०१२ मा नै बनेको सेभ्रोलेट टाभेरा ९ लाख ६२ हजार, सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ९ लाख ८२ हजार, सन् २०१२ मा बनेको महिन्द्रा स्कारपियो पिकअप १२ लाख ५ हजारमा र सन् २०१२ मा बनेको सेभ्रोलेट टाभेरा ११ लाख ८७ हजार न्युनतम लिलाम मुल्य तोकिएको छ ।

पुराना सवारी साधन जे-जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा लिलाम हुने भएकाले खरिद गर्न इच्छुकले १५ दिनभित्र अर्थात् आगामी भदौ ५ गते सोमबार भित्र आवेदन दिन सकिने छ । साथै, बोलपत्र फारम भर्दा दस्तुर न्युनतम ५०० देखि एक हजारसम्म लाग्ने बैंकले जनाएको छ ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार १२:३९