बुटवल पावर कम्पनीको आम्दानी र खुद नाफा दुबै घट्यो, अन्य सुचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

बुटवल पावर कम्पनीको आम्दानी र खुद नाफा दुबै घट्यो, अन्य सुचक कस्तो ?



काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २६ करोड ७३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफा २.४९ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

विद्युत बिक्रीको आम्दानी ६.५३ प्रतिशतले घटेर असार मसन्तमा ७२ करोड ४४ लाख १७ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट ७७ करोड ५० लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीको अन्य आम्दानी भने ४ करोड रुपैयाँबाट बढेर ८ करोड रुपैयाँ पुगेको छ । हाल बुटवल पावरको सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ५८ करोड २८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ७.८४ रुपैयाँ पैसा छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ८.४४ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २०५.१० रुपैयाँ छ । यता, सम्पतिमा प्रतिफल ९आरओए० ३.५७ प्रतिशतबाट घटेर गत असार मसान्तसम्म ३.५३ प्रतिशतमा आएको छ ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार ११:१७