सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक , क्यानलाई ४६ लाख तिर्न बाँकी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक , क्यानलाई ४६ लाख तिर्न बाँकी



काठमाडाै । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर ग्राउन्डेड गरेको छ। बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि प्राधिकरणले बिहीबारदेखि नै सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सिम्रिकले आजदेखि नै लागू हुने गरी सबै उडान रोकेको हो ।

सिम्रिकले ५ वटा हेलिकप्टरमार्फत सेवा दिरहेको थियो । सिम्रिक एयर क्याप्टेन रामेश्वर थापाको हो । थापाको सिम्रिक एयरले क्यानको बक्यौता नतिरेसम्म कुनै पनि उडान हुन नदिनेगरी उडानमा रोक लगाएको हो । क्यानलाई ४६ लाख सेवा शुल्क तिर्न बाँकी रहेको छ ।

प्रकाशित : 10 August, 2023 6:32 pm