वैदेशिक रोजगार विभागको सुरु भयाे अनलाइन सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वैदेशिक रोजगार विभागको सुरु भयाे अनलाइन सेवा



काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा बिहीबार देखि सुचारु भएको छ। विभागले आज एक सूचना प्रकाशित गरी अनलाइन सेवा सुचारु भएको जानकारी दिएको हो।

विभागको एफईआईएमएस प्रणालीमा फाइल सर्भर माइग्रेटको काम सम्पन्न भएको हुनाले अब फाइलहरु अपलोड गर्न सकिने सूचनामा उल्लेख छ। यसअघि विभागको प्रणाली ३ दिन अवरुद्ध भएको थियो।

यसैगरी विभागले एफईआईएमएस प्रणालीमा विगतमा आएको समस्याका कारण श्रम स्वीकृति दिने क्यू रहेकोले श्रम स्वीकृत नभएसम्म हवाई टिकट नलिनसमेत आग्रह गरेको छ।

प्रकाशित : २५ श्रावण २०८०, बिहीबार १५:५५