यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ २१ पैसा र बिक्री दर १३२ रूपैयाँ ८१ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ १० पैसा र बिक्री दर १४५ रूपैयाँ ८६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३५ पैसा र बिक्री दर १६९ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : २५ श्रावण २०८०, बिहीबार ०६:४४