नेपाल हाइड्रो डेभलपरको नाफामा ९०.१० प्रतिशतको उछाल, अन्य अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

नेपाल हाइड्रो डेभलपरको नाफामा ९०.१० प्रतिशतको उछाल, अन्य अवस्था कस्तो ?



काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९०.१० प्रतिशतले बढी हो।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि ४१.४३ प्रतिशतले बढेर ८ करोड २६ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ६.७१ प्रतिशतले बढेर १० करोड ५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी ३३ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ करोड २७ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष जगेडा कोषमा २ करोड १२ लाख रुपैयाँ थियो। जुन १०१.०४ प्रतिशतले बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० बढेर ११.४१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस ६.३० रुपैयाँ थियो। पीई रेसियो ३३.०६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.७२ रुपैयाँ रहेको छ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार १२:०९