सुनचाँदीको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य घट्यो



काठमाडौं। बुधबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मुल्य प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 9 August, 2023 11:50 am