लक्ष्मी लघुवित्तको खुद नाफा घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी लघुवित्तको खुद नाफा घट्याे



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तको खुद नाफा घटेको छ । वित्तिय विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको खुद नाफा ८ करोड ३० लाख ६४ हजार रुपैयाँ भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १५ करोड ९० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै संस्थाको खराब कर्जा ५.०९ प्रतिशतले बढेर ८.३६ प्रतिशत पुगेको छ । साथै, खुद ब्याज आम्दानी पनि घटेको छ भने सञ्चालन घाटा भएको छ । यस अवधिमा खुद ब्याज आम्दानी ३१‍.३२ प्रतिशतले घटेर ३६ करोड ६९ लाख ९७ हजारमा सीमित भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा संस्थाले ५३ करोड ४३ लाख ५४ हजार रुपैंया खुद ब्याज आम्दानी गरेको थियो ।

८ करोड ३० लाख ६४ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको संस्थाको असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि १८ रुपैयाँ ८१ पैसा नोक्सानमा रहेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ०१ पैसा छ ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार १०:४४