५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत  : मन्त्रीपरिषद्को बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत  : मन्त्रीपरिषद्को बैठक



नेपाल सरकारले ५रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ ।  मंगलवार बसेको मन्त्रीपरिषद्कोबैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै  सञ्चारतथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले नेपाल राष्ट्र बैंकलाई ५ रुपैयाँका१५ करोड थान सिक्का टकमरी गर्न स्वीकृत दिइएको जानकारी दिइन ।

उनले अर्थमन्त्रालयकोप्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृत दिएको बताइन । उनले मन्त्रीपरिषद्ले साईवरसुरक्षा नीति पनि स्वीकृत गरेको जानकारी दिइन। उनले भनिन ,‘अर्थमन्त्रालयकोप्रस्तावमा रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिनेनिर्णय भएको छ । साईवर सुरक्षा नीति स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजायसम्बन्धि विधेयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ ।’


उनले  बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेशगर्न पनि मन्त्री परिषद्ले स्वीकृत दिइएको बताइन ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार २१:४१