सेयर बजार घट्ने क्रम जारी, २८.४० अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजार घट्ने क्रम जारी, २८.४० अंककाे गिरावट



काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार २८.४० अंकले घटेर परिसूचक २०१९.८५ बिन्दुमा रोकिएको हो ।

२६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ७३ करोड ७० लाख १४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । कारोबारमा बैंकिङ समूहको उपसूचक १३.२५, विकास बैंक ६६.६८, वित्त ४८.०१, होटल ८४.३६, जलविद्युत ३८.५२, जीवन बिमा १९६.०१, उत्पादन तथा प्रशोधन ७३.६१, माइक्रोफाइनान्स ६०.९८, निर्जीबन बिमा ११२.२५ अंकले घटेको छ ।

कारोबारमा स्वरोजगार लघुवित्त विकास बैंक र नेपाल रिपब्लिक मिडियाको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ८९ लाख ३२ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार १५:१९