माउण्टेन इनर्जी नेपालकाे खुद नाफा घट्याे, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माउण्टेन इनर्जी नेपालकाे खुद नाफा घट्याे, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । माउण्टेन इनर्जी नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ४० करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३३.५५ प्रतिशतले कमी हो ।

अघिल्लो वर्ष कम्पनीले ६१ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको बिद्युत बिक्रीबाट आम्दानी पनि घटेर कुल एक अर्ब २१ करोड ७९ लाख रुपैयाँमा झरेको छ । यसले गर्दा कम्पनीको खुद नाफा घट्न पुगेको हो । अघिल्लो वर्ष यसले एक अर्ब २३ करोड ४४ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।

एक अर्ब ९६ करोड ८० लाख रुपैयाँ हाल चुक्ता पुँजी रहेको यसको प्रतिसेयर आम्दानी पनि घटेर २० रुपैयाँ ६३ पैसामा झरेको छ । गतवर्ष प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ०५ पैसा रहेको थियो । माउण्टेन इनजीको प्रतिसेयर नेटवर्थ भने १५१ रुपैयाँ ३९ पैसाबाट बढेर १६१ रुपैयाँ २८ पैसा पुगेको छ ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार १३:५५