यूरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउने पहल गर्न मन्त्री किरातीलाई परिसंघको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यूरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउने पहल गर्न मन्त्री किरातीलाई परिसंघको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ ।

नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार मन्त्रालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवं निजी क्षेत्रबीच समन्वय, सहकार्यमा जोड दिएका छन् ।

युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने अग्रवालले बताए । युरोपका पर्यटकहरु धेरै खर्च गर्ने मध्येमा पर्ने भएकाले युरोपियन यूनियनको सुरक्षा सुचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उनले जोड दिए ।

छलफलमा मन्त्री किरातीले नेपाल युरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन पहल भईरहेको र छिट्टै सकारात्मक समाचार आउन सक्ने बताएका थिए ।

युरोपियन यूनियनसँग पुनः सिधा हवाई सम्पर्क स्थापित गर्न नेपाल सरकार कठोर रुपमा अगाडि बढ्ने विश्वास उनले दिएका छन् । मन्त्री किरातीले नेपाल गन्तव्य महङ्गो भईरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिबृद्धि कर लगाउने कुरामा आफ्नो असहमती राखेको बताए ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार १२:३८