रिलायबल नेपाल लाइफ इन्सुरेन्सको प्रिमियम मुल्यमा आइपीओ खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको प्रिमियम मुल्यमा आइपीओ खुला



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले मंगलबारबाट सर्वसाधारणलाई प्रिमियम मुल्यमा आइपीओ निष्काशन गरेको छ । इन्सुरेन्सले एक अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो ।

यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ। त्यस्तै, ५ प्रतिशत(६ लाख कित्ता सेयर) कर्मचारी र ५ प्रतिशत (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार १२:२८