सेयर बजारमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार ३.२१ अंकले घटेर परिसूचक २०४८.२६ बिन्दुमा रोकिएको हो ।

२६७ कम्पनीको ६६ लाख ४७ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १२.१९, जलविद्युत ७.३४ र अन्य समूहको उपसूचक ५.५७ अंक घटेको छ भने बाकी अरु विकास बैंक ५३.५६, वित्त २८.८७, होटल ७६.४६, , जीवन बिमा ६०.१४, उत्पादन तथा प्रशोधन ४.१५, माइक्रोफाइनान्स ११.०१, निर्जीबन बिमा ७.६३ र ट्रेडिङ समूह २७.१५ अंकले घटेको छ ।

कारोबारमा नेपाल रिपब्लिक मिडियाको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, गोर्खाज फाइनान्स र स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले पनि मनग्य कमाएका छन् । आज छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार १५:४४