अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने साउन २२ गते सोमबार अन्तिम दिन हो । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको हो ।

१९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयरमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला भएको हो ।

यसमा माग भन्दा बढी आवेदन परिसकेका कारण सोमबार बिक्री बन्द हुन लागेको होे । आइतबार साँझ ५ः६ बजेसम्मको तथ्यांक अनुसार १० लाख ५० हजार १९६ जना आवेदकले १ करोड १९ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् ।लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार ०८:४०