ज्योति विकास बैंककाे नाफा घट्याे, अन्य सूचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्योति विकास बैंककाे नाफा घट्याे, अन्य सूचक कस्ताे छ ?



काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १७.४३ प्रतिशतले थोरै हो ।

अघिल्लो वर्ष बैंकले ६७ करोड रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १६.९१ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने १७.२७ प्रतिशतले घटेको छ । इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि २१.४९ प्रतिशतले घटेर २२ करोड ७८ लाख रुपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन १३.६५ प्रतिशत र कर्जा लगानी ५.९७ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.४७ प्रतिशतबाट बढेर २.८६ प्रतिशत मा भएको छ । ज्योतिको प्रतिसेयर आम्दानी घटेर १२ रुपैयाँ ५८ पैसा ९वार्षिक० मा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७ पैसा ९वार्षिक० रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ३२ पैसा छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार ०८:२७