सेयर बजारमा दोहोरो अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंककाे गिरावट



काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार ३८.३७ अंकले घटेर परिसूचक २०५१.४७ बिन्दुमा रोकिएको हो ।

२६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूच राताम्मे बनेका छन् । कारोबारमा बैंकिङ समूहको उपसूचक २२.३४, विकास बैंक ९७.५१, वित्त ६२.२७, होटल २०१.३८, जलविद्युत ४४.४९, जीवन बिमा २३७.९६, उत्पादन तथा प्रशोधन ८४.०१, माइक्रोफाइनान्स ६१.८२, निर्जीबन बिमा २२२.६० अंकले घटेको छ ।

कारोबारमा आइएमई लाईफ इन्स्योरेन्स, नेपाल रिपब्लिक मिडियाको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंकको १२ करोड ६९ लाख ८२ हजार ३०३ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २१ श्रावण २०८०, आईतवार १५:५७